घुस रकमसहित मालपोत कार्यालय लगनखेलका नायब सुब्बा पक्राउ
काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलमा कार्यरत नायब सुब्बा घुस रकमसहित पक्राउ परेका छन् । ललितपुरमा कार्यरत नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायसमेतको काम गर्ने रमेशलाल श्रेष्ठ सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गोप्य सूचना एवम् उजुरीका आधारमा उनीहरुलाई ४० हजारसहित पक्राउ गरेको हो । अख्तियारको टोलीले ललितपुर महानगरपालिका वडा नं १२, लगनखेल स्थित बसपार्क नजिकबाट उनलाई पक्राउ गरेको जनाइएको छ ।
साथै उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेकोजनाइएको छ ।










