तातोपानी नाका २० दिनका लागि बन्द

हेटौडा न्युज
७ माघ २०७७, बुधबार १७:४६
;

सिन्धुपाल्चोक । बिहीबारदेखि तातोपानी नाका २० दिनका लागि बन्द हुने भएको छ । नेपाल र चिनको सीमामा रहेको मितेरी पुल पुर्ननिर्माणका लागि आगामी २० दिनका लागि सो नाका बन्द गरिने भएको हो ।

बाढीले क्षति पुर्‍याएको पुल पुनर्निर्माणका लागि २१ जनावरी बढीमा २० दिन नाका बन्द रहन सक्ने जानकारी चिनियाँ पक्षबाट आएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

पहिलेकै बाढीले क्षति पुर्‍याएको पुलको एक भागामा केही दिन अघिको बाढी थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गर्न लागेको जनाइएको छ ।

प्राविधिक मगाएर चिनियाँ पक्षले पुलको अवस्था जाँच गरेपछि पुल मर्मत गरिने निश्चित भएको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*