भिमफेदी–कुलेखानी सडकखण्ड २ महिना बन्द हुने
मकवानपुर । भिमफेदी–कुलेखानी सडकखण्ड २ महिना बन्द हुने भएको छ । हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीको मार्गअन्तर्गतको भिमफेदी–कुलेखानी सडकखण्ड २ महिना बन्द हुने भएको हो ।
सडकखण्ड अन्तर्गत भिमफेदी देखि देउराली कुलेखानीसम्म सिमेन्ट कंक्रिट गरी ढलान गर्नका लागि बाटो बन्द गरिने भएको हो ।
उक्त सडकखण्डमा माघ १० गतेबाट चैत्र १० गते सम्म सवारी संचालनमा रोक लगाएको छ।
बागमती प्रदेश यातायात पुर्वाधार निर्देशनालय अन्तर्गत स्तरोन्नति भइरहेको उक्त सडकखण्ड ढलान कार्य हुने भएको छ ।
सो सडकखण्डमा २ महिना सवारी संचालनमा पुर्ण प्रतिबन्ध लगाउने निर्णय भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उक्त सडकखण्ड बन्द रहने हुदा बैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ।










