बालिका बलात्कारको अभियोगमा एक जना पक्राउ
म्याग्दी । म्याग्दीमा ८ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धौलागिरी गाउँपालिका–७ खिवाङ स्थायी घर भइ मालिका गाउँपालिका–१ निस्कोट बस्ने ३३ वर्षीय कृष्ण बहादुर बिक रहेको प्रहरीले जनाएको छ ।
बिकले शुक्रवार दिउँसो बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।










