बसामाडी जेसीजको अध्यक्षमा केसी

हेटौडा न्युज
१२ माघ २०७७, सोमबार ११:५६
;

मकवानपुर । बसामाडी जेसीजको पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । सन् १९९९ मा नारायणघाट लेडिज जेसीजको मातृत्वमा स्थापना भएको सो जेसीजले आफ्नो २२ औं पदस्थापन कार्यक्रम सम्पन्न गरेको हो ।

आइतबार हेटौंडाको रोयल पाटी प्यालेसमा बागमती प्रदेशका प्रदेश प्रमुख बिष्णु प्राद प्रसाईको प्रमुख आतिथयता तथा संविधान सभा सदस्य अनन्त पौडेलको विशिष्ट आतिथ्यता र नेपाली कांग्रेस मकवानपुरका पुर्व उप–सभापति अशोक शाक्यको विषेश आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सन् १९९९ देखि हालसम्मका २१ वटा कार्यसमितिको सफल कार्यकाल पुरा गरीसकेको सो जेसीजको २२ औं कार्यकालका लागि गौतम केसी नेतृत्वमा नयाँ कार्यसमितिलाई आगामी एक वर्षका लागि पदस्थापित गरीएको हो ।

सो जेसीजका वर्ष सन् २०२० का अध्यक्ष बिबेक बजगाइँले सन् २०२१ को नेतृत्व गर्नका लागि निर्वाचित अध्यक्ष केसीलाई पदस्थापित गराएका हुन् ।

नुवाकोटमा जन्म लिएर मकवानपुरलाई कर्म थलो बजनएका केसी पेशाले प्रध्यापक हुन् । नेतृत्व विकास गर्दै सामाजिक काम गर्न रमाउने केसीले जेसीजमा भने सन् २०१७ मा प्रवेश गरे ।

१८ देखि ४० वर्षका युवाहरुको संगठनको रुपमा रहेको जेसीजमा सदस्यबाट प्रवेश गरेका केसीले आगामी एक वर्ष जेसीआइ बसामाडीको नेतृत्व गर्ने छन् ।

मकवानपुर क्याम्पसमा प्रध्यापकको रुपमा कार्यरत केसी सन् २०१८ मा बसामाडी जेसीजको स्वास्थ्य कार्यक्रम संयोजको भुमिकामा रहेर काम गरे ।

सरल र मिलनसार स्वभावका केसीले जेसुजि यात्रामा सन् २०१८ का ठुदै फड्को मारे । सन् २०१८ मा उपाध्यक्षको जिम्मेवारीमा आफुलाई अब्बल देखाउँद सन् २०२० मा कार्यकारी उपाध्यक्षको पदमा रहेर काम गरे ।

वाणिज्य शास्त्रमा स्नाकोत्तर एमफिल इस्कोलर केसीले कार्यकारी उपाध्यक्षमा रहेकै बखत लिपुलेख र कालापानीको राष्ट्रिय मुद्दालाई वेबनारबाट उठान गराए र सोही समयमा नेपाल जेसीजको जेसीज अफ द मन्थबाट बसामाडि जेसीज सम्मानीत समेत बन्यो ।

कोरोना माहामारीका समयमा पनि सामाजिक कार्यमा खटिएका केसीले आफुनो कार्यकाल सफल बनाउँदै बसामाडी जेसीजका सदस्यहरुको मन जितेका केसीले अबको एक वर्ष सिङ्गो बसामाडी जेसीजको नेतृत्व गर्ने छन् ।

केसी जेसीजमा मात्र नभएर लायन्स क्लबमा समेत सक्रिय छन् । केसी लायन्स क्लब अफ मकवानपुर डायमण्का अध्यक्ष र नेपाल राष्ट्रिय प्राध्यापक संगठनका केन्द्रिय सुदस्य पनि हुन् ।

केसीले २०२१ को नेतृत्वका लागि आफ्नो कार्यसमिति समेत निर्माण गरेका छन्े । केसीको कार्यकालका लागि महासचिवमा चिराग अग्रवाल, कोषाध्यक्षमा सुरज डङ्गोल, कानूनी सल्लाहकारमा सरोज अधिकारी, जनसम्पर्क अधिकारी रत्नदेव बज्राचार्यलाई मनोनित गरेका छन् ।

यस अघि भएको साधारणसभाबाट कार्यकारिणी उपाध्यक्षमा जनक शर्मा भन्डारी र करण महत्रा तथा उपाध्यक्षमा दिपेन्द्र यादव, जितेन्द्र तिवारी, सरोज देवकोटा र रोशन पान्डे निर्विरोध चयन भएका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*