१० केजी गाँजासहित २ जना पक्राऊ

हेटौडा न्युज
१२ माघ २०७७, सोमबार १८:१२
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागू औषध गाँजा १० केजीसहित २ जनालाई पक्राउ गरेको छ । हेटौंडा–१० स्थित बसपार्कबाट हिजो साँझ करीब ६ बजे सडक छेउमा शंकास्पद रुपमा उभिईरहेको देखेपछि चेकजाँच गर्दा सो परिमाणको लागूऔषध गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मकवानपुर प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा पर्सा सखुवाप्रसौनी–१ बस्ने वर्ष ५० का शंकर चौधरी र सोही स्थानका बर्ष ५० का रामबिलास पासवान रहेका छन् । शंकास्पद रुपमा बसर्पामा भेटिएका उनीहरुले बोकेको झोलाहरु चेकजाँच गर्दा सो झोला भित्र चारपाटे आकार बनाई लुकाईछिपाई ल्याएको लागूऔषध गाँजा १० केजी फेला परेको बताईउको छ ।

पक्राउ परेका उपर लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कार्वाही हुने मकवानपुर प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*