सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु
चितवन । चितवनमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । चितवनको रत्ननगर नगरपालिका–१० हरिहर मनिदर अगाडी भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो।
पूर्व पश्चिम राजमार्ग अन्तर्गतको रत्ननगरमा बा २ ख ५६७४ नम्वरको विद्यार्थी बोक्न प्रयोग गरिएको भाडाको बसले बा ९२ प ५२०४ नम्वरको मोटरसाइकललाई ठक्कर दिँएको थियो ।
ठक्करबाट मोटरसाइकल चालक सोलुखुम्बु टापटिङ–५ का २४ वर्षीय अनिल मगर र पछाडि बसेका धरान नगरपालिका– ९ सुनसरीका २० वर्षीय गौरब राईको मृत्यु जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने बसका चालक भने फरार रहेकोे प्रहरीले जनाएको छ ।










