नर्सिङ दिवसमा नर्सहरुको विरोध प्रदर्शन

हेटौडा न्युज
१५ माघ २०७७, बिहीबार १६:०२
;

काठमाडौं । नर्सहरुले विरोध प्रदर्शन गर्दै राष्ट्रिय नर्सिङ दिवस मनाएका छन् । दिवसको अवसरमा विभिन्न नारा लेखिएका प्लेकार्डसहित बुधबार काठमाडौंको माइतिघरमा विरोध प्रर्दशन गर्दै मनाएका हुन् ।

काठमाडौंमा विभिन्न निजी अस्पतालमा काम गर्ने नर्सहरुले सेवा सुविधा वृद्धिको माग गर्दै प्रदर्शन गरेका हुन् ।

नर्सहरुको पारिश्रमिक र सेवा सुविधा निकै कम भएकाले यस बिषयमा सरोकारवालाहरुको ध्यानाकर्षण गराउन विरोधका प्रदर्शनका साथ नर्सिङ दिवस मनाइएको उनीहरुले बताएका छन् ।

उनीहरुले नर्सहरूमाथि अस्पताल, तथा सिनियर कर्मचारीहरूबाट हुने शोषण तथा अत्याचारको अन्त्य हुनुपर्ने, सेवा सुविधा वृद्धि हुनुपर्ने जनाएका छन् ।

नर्सिङ अध्ययन गर्न निकै खर्चिलो हुने तर काम गरेको पारिश्रमिक निकै कम हुने गरेकाले यो अवस्था कहिलेसम्म रहने भनेर उनीहरुले प्रश्न गरेका थिए ।

उनीहरुल नर्सहरुको पिडा कसले बुझिदिने लगाएतका प्लेकार्ड बोकेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*