दिव्यतारा र रेडियो मकवानपुरले वार्षिक उत्सवमा सप्ताहव्यापी कार्यक्रम गर्ने

हेटौडा न्युज
१५ माघ २०७७, बिहीबार १८:२३
;

मकवानपुर । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था र रेडियो मकवानपुरले स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । आज एक पत्रकार सम्मेलन आयोजना गर्दै संस्थाको २३ औं र रेडियोको ११ औं वार्षिक उत्सवको अवसरमा विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी मनाउने भएको हो ।

सो सहकारी संस्थाद्वारा संचालित रेडियो मकवानपुरले वार्षिक उत्सवको अवसरमा आफ्नो सभाहलमा माघ १६ गते ‘सहिद’ शीर्षकमा माध्यमिक तहस्तरीय कविता प्रतियोगिता आयोजना गर्ने भएको छ भने माघ १७ गते मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–३ पलाँसेमा वृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने जनाएको छ ।

स्वास्थ्य शिविर हेटौंडामा संचालनमा रहेको सञ्चो हस्पिटलको प्राविधिक सहयोग तथा राक्सिराङ गाउपालिकाको समन्वयमा हुने रेडियो मकवानपुरका संचालक समितिका अध्यक्ष आनन्दराम पराजुलीले बताए ।

संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै माघ १८ गते मामाघर नेपालमा खाद्यान्न सहयोग गर्ने कार्यक्रम तालिका रहेको छ भने १९ गते नगर क्षेत्रका एकल महिला, दलित तथा विपन्न २ घर परिवारलाई खरको छाना मुक्त गर्न जस्तापाता सहयोग गर्ने बताइएको छ ।

त्यस्तै २० र २१ गतेका रेडियो मकवानपुर कप दोस्रो फुटसल प्रतियोगिता गर्ने अध्यक्ष पराजुलिले बताए । प्रतियोगिता महिला र पुरुष दवै समुहका गर्ने उनले बताए । विजयी हुने टिमले नगद पुरस्कारसहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

सप्ताहव्यापी कार्यक्रमको समापनमा भने दुई जनालाई नगदसहित सामुदायीक सम्मान, उत्कृष्ट कर्मचारी सम्मान, पुर्व स्टेशन म्यानेजर सम्मान तथा सहकारी संस्थाको सेयर सदस्यलाई सम्मान गर्दै माघ २२ गते गर्ने सहकारी संस्थाकी अध्यक्ष महालक्ष्मी उपाध्याय डीनाले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*