अपहरणमा परेका मनहरीका शिशुको उद्दार

हेटौडा न्युज
१७ माघ २०७७, शनिबार ११:२२
;

मकवानपुर । मनहरी गाउँपालिकाले अपहरणमा परेका एक शिशुको उद्दार गरेको छ । दुई महिनादेखि अपहरणमा परेका मकवानपुरको मनहरी गाउँपालिका–६ जोगीतालका ४ महिने शिशुको गाउँपालिकाको सक्रृयतामा उद्दार गरिएको हो ।

जोगीतालका सोमबहादुर तामाङ र सीतामाया तामाङको ४ महिने छोरा कृष्ण मंसिर ३ गते साँझदेखि अपहरणमा परेका थिए ।

पारिवारिक नाता पर्ने आफन्तले नै अपहरण गरेर भारतको राजस्थान पु¥याएका शिशुलाई मनहरी गाउँपालिकाले उद्दार गरेको हो ।

गाउँपालिकाको टिमले भारतको राजस्थान हुँदै सिकरको खाङ्गडीबाट शिशुको सकुसल उद्दार गरेको हो ।

शिशु अपहरणमा परेको दुई महिनापछि गाउँपालिकाले उद्दारको लागि टिम बनाएको थियो ।

नेपाल प्रहरी, माइती नेपाल काठमाडौ, एनसीआरसी, मिसन रेस्क्यू अप्रेसन दिल्ली, राजस्तान मुक्ती धारा, सिविन नेपाल लगायतको टोलीले शिशुको उद्दार गरेको हो ।

अपहरणको बिषयमा पुष १७ गते जानकारी भएपछि गाउँपालिकाले खोजी कार्यलाई अघि बढाएको थियो । उद्दारको खर्च गाउँपालिकाले व्यहोर्ने निर्णय भएको थियो ।

गाउँपालिकाको तर्फबाट वडा सदस्य पुस्कर सुवेदी, शिशुको आमा, माइती नेपालका माया लामा तथा प्रहरीको टोली राजस्थान पुगेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*