राक्सिराङमा नि:शुल्क स्वास्थ्य शिविर

हेटौडा न्युज
१८ माघ २०७७, आईतवार ०९:३२
;

मकवानपुर । मकवानपुरको राक्सिराङमा भएको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रेडियो मकवानपुरको ११ औं बार्षिकोत्सव तथा दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औं स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तरगत दोस्रो दिन शनिबार राक्सिराङ–३ पलाँसेमा स्वास्थ्य शिविर भएको हो ।

स्वास्थ्य शिविरमा २ सय १० जनाले सेवा लिएका छन् ।

सञ्चो हस्पिटल प्रा.लि.को प्राविधिक सहयोग एवम् राक्सिराङ गाउँपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको थियो ।

रेडियो मकवानपुर सन्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षता एवम् रेडियोका संरक्षक तथा दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष महालक्ष्मी उपाध्याय डीनाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष कुमार अधिकारी, अग्रज पत्रकार एवम् मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल खुसराज, स्थानीय समाजसेवीहरु बीरेन्द्र जिम्बा, सन्तोष थापालगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*