६० फिट गहिरो समुद्रभित्र विवाह

भारत । तमिलनाडु राज्यमा एउटा अनौठो तरिकाले वैवाहिक कार्यक्रम गरिएको छ । हिजो सोमबार विहान कोयम्बटूरकी एस श्वेता र तिरुवन्नमलईका चिन्ना दुरईका बीच समुद्रभित्र विवाह गरेका हुन् ।
भारतको नवभारत टाईम्सका अनुसार विवाह गर्ने सफ्टएयर इन्जिनियर हुन् ।
४५ मिनेटमा सकिएको वैवाहिक कार्यक्रममा एकअर्कालाई बरमाला लगाएर सम्पन्न गरिएको बताईएको छ ।