पोलियो थोपाको साटो सेनिटाइजर खुवाउँने स्वास्थ्यकर्मी निलम्बित

सेनिटाईजर ख्वाईएका १२ बालबालिका गम्भीर बिरामी
हेटौडा न्युज
२० माघ २०७७, मंगलवार १२:४४

भारत । राष्ट्रिय खोप अभियान अन्तर्गत १ देखि ५ बर्ष सम्मका बालबालिकालाई पोलियो थोपा खुवाउने क्रममा सेनिटाईजर खुवाउने स्वास्थ्यकर्मीलाई निलम्बन गरिएको छ ।

भारतको महाराष्ट्र यवतमाल स्वास्थ्य केन्द्रमा सो घटना भएको हो । झक्किएर सेनिटाईजर खान पुगेका १ दर्जन बालबालिकाको स्वास्थ्यमा गम्भीर असर देखा परेपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बसन्तराव नायक गभर्नमेण्ट मेडिकल कलेज एण्ड अस्पतालका डिन डाक्टर मिलिन्द काँवका अनुसार बालबालिकाको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएका छन् ।

पोलियो थोपा भन्दै कोरोना भाइरस विरुछको सेनिटाईजर खुवाउने ३ जना स्वास्थ्यकर्मीहरुलाई निलम्बन गरिएको र अनुसन्धान शुरु गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*