राक्सिराङमा १८ बिगाहाबढी क्षेत्रको अफिम खेती फडानी

हेटौडा न्युज
२१ माघ २०७७, बुधबार १९:२२
;

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा १८ बिगाहा १० कट्ठामा लगाइएको लागूऔषध अफिम खेती प्रहरीले नष्ट गरेको छ भने खेतमा नै लुकाइ राखेको अवस्थामा ५ सय किलो गाँजा नष्ट गरीएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आज राक्सिराङ गाउँपालिका–४ को देवीटार, मनछाप, जिमाजुङ लगायतका स्थानहरुमा लगाइएको सो परिमाण्को लागूऔषध अफिम खेती नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर र दंगा नियन्त्रण प्रहरी गण समेतबाट खटिएको ४५ जनाको संयुक्त प्रहरी टोलीले सो क्षेत्रफलमा लगाएको अफिम खेती फडानी गरेको हो ।

त्यस्तै प्रहरी टोलीले गाँजा खेती काटेर खेतमानै लुकाई राखेको अवस्थामा अनदाजी ५ सय किलो गाँजा नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता इन्द्र बहादुर रानाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*