मकवानपुरबाट ३ जना फरार प्रतिवादी पक्राउ

हेटौडा न्युज
२१ माघ २०७७, बुधबार १९:३७
;

मकवानपुर । विभिन्न मुद्दामा सजाय भुक्तान गर्न बाँकी रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरका विभिन्न क्षेत्रबाट कैद र जरिवाना भुक्तान गर्न बााकी रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर मातहतका प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत मकवानपुरको गत २०७० असार ३१ गते फैसला अनसार डाँका मुद्दामा ६ वर्ष कैद र रु. २ लाख ६४ हजार जरीवाना भुक्तान गर्न बाँकी रहेको फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

सो मुद्दामा सजाय भुत्तान गर्न बाँकी रहेका हेटौंडा–१६ का ४५ वर्षीय प्रेम बहादुर स्याङतानलाई आज हेटौंडा–१६ को सडकबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता इन्द्र बहादुर रानाले जानकारी दिएका छन् ।

त्यस्तै जिल्ला अदालत मकवानपुरको गत २०७१साल असार २३ गतेको फैसला अनुसार वन मुद्दामा १८ दिन कैद र रु १९ हजार ७ सय ५० जरीवाना भुक्तान गर्न बाँकी रहेका मनहरी–९ बस्ने वर्ष ४८ का हरीकृष्ण न्यौपाने र वर्ष ४२ को भेष बहादुर अधिकारीलाई आज सोहि क्षेत्रबाट पक्राउ गरीएको जनाइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*