नेपाललाई चीनको पाँच लाख डोज कोरोना खोप अनुदान

काठमाडौँ । चीनले नेपाललाई पाँच लाख डोज कोरोना विरुद्धको खोप उपलब्ध गराउने भएको छ । चीनका विदेश मन्त्री वाङ यीले पाँच लाख डोज खोप अनुदान उपलब्भ गरान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चीनिया विदेश मन्त्री वाङ बिच शुक्रबार साँझ भएको टेलिफोन संवादमा सो खोप अनुदान दिने बताएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख भए अनुसार शुक्रबार साँझ ज्ञवाली र वांग यीबीच नेपाल र चीनको आपसी हितका विषयमा भएको छलफलमा नेपाललाई खोप उपलब्ध गराउने चीनले प्रतिवद्धता जनाएको छ ।