मामाघर नेपाललाई ३० हजार सहयोग
मकवानपुर । मामाघर नेपाल मकवानपुरलाई नगद ३० हजार सहयोग प्राप्त भएको छ । सडक बालबालिकाहरुकोे उद्दार, परामर्श, आवासीय सेवा सहित शिक्षा, स्वास्थ र पारिवारिक पुर्नस्थापना गर्दै आइरहेको मामाघर नेपाललाई हेटौंडा स्कुल अफ म्यानेजमेन्टका निर्देशक दिपेश जोसीको नेतृत्वको टोलीले सो सहयोग उपलब्ध गराएको हो ।
जोसी नेतृत्वको समूहबाट नगद ३० हजार रुपँया सहयोग प्राप्त भएको मामाघर नेपाल मकवानपुरका संरक्षक अर्पण पराजुलीले बताएका छन् ।
जोसी सहित रोजेन श्रेष्ठ, लाल बहादुर पौडेल, मन्जन तिवारी , पर्बत थापा र सम्राट राज सत्यालले मामाघर नेपाल मकवानपुरको अवलोकन गर्नुका साथै आर्थिक सहयोग गरेको जनाइएको छ ।










