तीन दिन सार्वजनिक बिदा
दोलखा । दोलखाको शैलुङ गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको हो ।
गाउँपालिकाले यही माघ २९ गतेदेखि फागुन १ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजुप्रसाद साहका अनुसार, गाउँपालिकाका अधिकांश वडामा तामाङ समुदायको बाहुल्यता रहेका कारण २८५७ औं लाङ म्हे (गाई वर्ग) ल्हो सोनामा ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने भएको हो ।










