फरार प्रतिवादी हेटौंडाका गोङवा पक्राउ
मकवानपुर । सवारी ज्यान मुद्दामा कैद र जरिवाना भुक्तान गर्न बाँकी रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन, हेटौंडा इजलाशको फैसाला अनुसार सवारी ज्यान मुद्दामा कैद सजाय र जरिवान भुक्तान गर्न बाँकी रहेका फरार प्रतिबादी हेटौंडाका एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ बस्ने ५९ वर्षीय नरसिंह गोङवा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिएका छन् ।
उक्त मुद्दामा गोङवाले ३ महिना कैद र २ हजार रुपैयाँ जरिवाना मुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
अदालतले गत २०५८ जेठ ३२ गतेको उक्त मुद्दाको फैसला गर्दै गोङवालाई ३ महिना कैद र २ हजार जरिवानाको सजाय सुनाएको थियो । गोङ्वा अदालतको फैसला पश्चात सजाय भुक्तान नगरी भागेको प्रहरीले प्रहरीले जनाएको छ ।
प्रवक्ता रानाका अनुसार, गोङवालाई हेटौंडा–१५ बाट हिजो मंगलबार पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई कैद तथा जरिवाना भुक्तानको लागि अदालतमा उपस्थित गराउने कार्य भईरहेको प्रहरीले जनाएको छ ।










