हेटौंडामा सस्तो मासुका लागि बिक्री केन्द्र शुरु

आफैले उत्पादन गरेको बस्तु सिधै ग्राहकले पाउने
हेटौडा न्युज
१ फाल्गुन २०७७, शनिबार १९:२६

मकवानपुर । हेटौंडा ११ नवलपुरमा रहेको हेटौंडा भिलेज कृषि फार्मले हेटौंडा बजारमा बिक्रीकेन्द्र शुरु गरेको छ । आफ्नै फार्ममा उत्पादन गरिएका कुखुराहरुको मासु सोझै उपभोक्ताको भान्सा सम्म पुर्याउने उदेश्यले बिक्री केन्द्रको स्थापना गरिएको हेटौंडा भिलेज कृषि फार्मका सन्चालक राजु लामिछाने जानकारी दिएका छन् ।

केन्द्रको आज शनिबार नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा कृषि उध्यम केन्द्रका सभापति अरुणराज सुमार्गिले उद्घाटन गरेका छन्  । उद्घाटनका क्रममा सुमार्गिले राज्यले कृषि उध्यम विकासको अबधारणा ल्याइरहेको सन्दर्भमा आफैले उत्पादन गरेको कृषि उपज उपभोक्ताले पाउने गरि बिक्री केन्द्र खोलिनु प्रशसनीय कार्य भएको बताएका छन् ।

हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पस अगाडी रहेको बिक्री केन्द्रमा टर्की, लोकल कुखुरा,लोकल खसी, कडकनाथ, लोटन, ब्रोइलर लगायतका मासु सुलभ मुल्यमा पाइने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*