हेटौंडामा मोटरसाईकल चोरी गर्ने ३ जना पक्राउ

हेटौडा न्युज
२ फाल्गुन २०७७, आईतवार १४:४१
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मोटरसाईकल चोरी गर्ने गिरोहका ३ जनालाई पक्राउ गरेको जनाएको छ । गत माघ ३० गते हेटौडा–१५ का शेरबहादुर पाख्रिनको बागमती प्रदेश ०३–००२ प ०५१६ नम्बरको मोटरसाईकल हेटौंडा–४ बाट चोरी भएकोमा सो मोटरसाईकल खोजतलाशको क्रममा इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी टोलीले मोटरसाईकल सहित ३ जनालाई पक्राऊ गरेको जनाएको छ ।

मकवानपुर प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाका अनुसार चोरीमा संलग्न मध्ये सर्लाही बागमती नगरपालिका–१२ का टेकबहादुर गोले, सर्लाही लालबन्दी–१४ का जनक तामाङ, सिन्धुली मरिण गाउँपालिका–८ का निकेश वाईवालाई पक्राऊ गरेको जनाएका छन् ।

चोरीमा संलग्न मध्येका सिन्धुली मरिण घर भएका सुरज तामाङ फरार रहेको जनाईएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*