थाल ठटाएर पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोध

मकवानपुर । जनता समाज पार्टी (जसपा) निकट समाजवादी विद्यार्थी युनियनले पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा काठमाडौँमा प्रदर्शन गरेको छ । जसपा निकट विद्यार्थीहरुले आज काठमाडौंमा पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा थाल ठटाएर विरोध गरेका हुन् ।
थाल र चम्चा बजाउँदै विद्यार्थीहरुले प्रतिगामी सरकार मुर्दावाद, पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता गर लगायतका नारा लगाउँदै प्रदर्शन गरेका हुन् ।
उनीहरुले सडकमा ग्यास सिलिन्डरसमेत राखेर सरकारको विरोध गरेका थिए ।
मूल्य बढेसँगै उपत्यकामा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ र हवाई इन्धनको मूल्य ६७ रुपैयाँ पुगेको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने १ हजार ४ सय रुपैयाँ यथावत राखिएको छ।