युनाईटेडको हेटौंडामा अन्तरक्रिया, प्रविधिमैत्री सेवालाई प्राथमिकतामा राखिएको दाबी

हेटौडा न्युज
८ फाल्गुन २०७७, शनिबार १३:०१

मकवानपुर । युनाईटेड इन्स्योरेन्स लिमिटेडले हेटौंडामा यातायात व्यवसायीसँग अन्तरक्रिया गरेको छ । इन्स्योरेन्सकी सिइओ उपासना पौडेलको उपस्थितिमा भएको अन्तरक्रियामा पुरानो नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ सहित संघका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

अन्तरक्रियामा यातायात व्यवसायीले विमा गरिएका सवारी साधनहरुको दाबी भुक्तानीलाई सहज र छरितो गर्न कम्पनीलाई आग्रह गरेका थिए । अन्तरक्रियामा संघका अध्यक्ष हिरालाल श्रेष्ठले व्यवसायीहरुले दाबी भुक्तानी अधिकतम ३० दिनभित्र गराउनसके आफूहरुलाई सहज हुने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा संघका महासचिव सरोजकुमार खनालले १ लाख रुपैयासम्मको विमा भुक्तानी शाखा कार्यालयबाट दिन मिल्ने गराउन आग्रह गरेका थिए ।

कम्पनीकी सिईओ पौडेलले युनाईटेड इन्स्योरेन्स प्रविधिमैत्री बनाउने तर्फ अघि बढेको र छिटोछरितो सेवालाई प्राथमिकतामा राखेकाले व्यवसायीहरुले राखेको धारणा र समस्या समाधान हुने प्रतिवद्धता व्यक्त गरेकी छिन् । अन्तरक्रियामा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, युनाईटेड इन्स्योरेन्सकी मकवानपुर शाखा प्रमुख सिमा पाठक, नारायणघाट शाखा प्रमुख प्रयास श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*