बागमती प्रदेशका ५ जिल्ला अस्पताललाई एम्बुलेन्स

हेटौडा न्युज
१६ फाल्गुन २०७७, आईतवार १७:१९

मकवानपुर । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले प्रदेशका ५ जिल्ला अस्पताललाई आज हेटौंडामा एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।आज केन्द्र परिसरमा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ र सिन्धुली जिल्ला अस्पतालका अध्यक्ष र मेडिकल सुपरिटेण्डेण्टलाई ‘ख’ बर्गको एम्बुलेन्सको चाबी तथा कागजात हस्तान्तरण गरेका छन् ।

अस्पतालहरुको सेवा गुणस्तरीय भए विरामी रिफर गर्ने अवस्थाको अन्त्य हुने उनको भनाई थियो । यसतर्फ अग्रसर भएर काम गर्न पनि उनले निर्देशन दिए । जिल्ला अस्पतालहरुको भवन निर्माणको क्रम जारी रहेको बताउँदै उनले जनशक्ति र उपकरणको पर्याप्त उपलव्धताका लागि प्रदेश सरकारले काम गरिरहेको बताए ।

कार्यक्रममा प्रदेशका प्रमुख सचिव मानबहादुर विके, मन्त्रालयका सचिव दिपक काफ्ले, आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक बसन्त अधिकारी, हेटौंडा अस्पतालका अध्यक्ष प्रकाश पौडेल लगायत विभिन्न जिल्ला अस्पतालका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । आज वितरित प्रति एम्बुलेन्स करीब २९ लाख रुपैयामा खरिद गरिएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*