कर्णालीको सुर्खेतबाहेक नौ जिल्ला कोरोना मुक्त

हेटौडा न्युज
१९ फाल्गुन २०७७, बुधबार १४:५०

सुर्खेत । कर्णाली प्रदेशमा रहेका १० जिल्ला मध्ये सुर्खेतबाहेक नौ जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतबाहेक सबै जिल्लामा सक्रिय संक्रमित नरहेको जानकारी दिएको छ ।

कर्णाली प्रदेशका मुगु, दैलेख, कालीकोट, जुम्ला, हुम्ला, डोल्पा, रुकुम पश्चिम, जाजरकोट र सल्यानमा संक्रमण नरहेको बताईएको छ । स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेत जिल्लामा मात्रै ११ जना सक्रिय संक्रमित रहेका छन् भने हिजोसम्मको अवधिमा ३ हजार २ सय ६५ जनामा संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशमा कोरोनाबाट ३१ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*