स्थानीयले मञ्च भत्काईदिए, मन्त्रीले गर्ने शिलान्यास प्रभावित

हेटौडा न्युज
२० फाल्गुन २०७७, बिहीबार १८:३६
;

बुटवल । अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गर्ने कार्यक्रमका लागि बनाईएको स्टेज (मञ्च) स्थानीयले भत्काई दिएका छन् । रुपन्देही–मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यासका लागि बनाइएको मगरघाट पुल नजिकै बनाईएको मञ्च स्थानीयले भत्काइदिएका हुन् ।

सरकारले औद्योगिक क्षेत्र प्रभावितहरुको माग सम्बोधन नगरी सहमति विपरीत औद्योगिक क्षेत्र बनाउन लागेपछि मञ्च स्टेज भत्काइदिएको बताईएको छ । ठूलो संख्याको स्थानीयले मञ्च भत्काउन पुगे पछि प्रहरीले समेत रोक्न नसकेको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले जनाएका छन् । पोखरेलका अनुसार अहिले सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

स्थानीयलाई जानकारी नै नदिई ५० औं वर्षदेखि बसोबास गरिरहेका बासिन्दालाई वैकल्पिक व्यवस्था नगरि उद्योग स्थापना गर्न लागेपछि विरोध गरिएको बताईएको छ । करीब ९ सय ४६ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गरिने र २ सय ५० वटा भन्दा बढी उद्योग सञ्चालन हुने बताईएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*