मकवानपुर प्रहरीले हराएका २२ वटा मोबाईल फेला पार्यो

हेटौडा न्युज
२४ फाल्गुन २०७७, सोमबार १२:५४
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले सर्वसाधारणका विभिन्न मितिमा हराएको र चोरी भएको मोबाईल फोन फेला पारेको छ । आफ्नो मोबाईल फोन हराएपछि मकवानपुर प्रहरीमा खोजतलाशका लागि निवेदन दिएकाहरु मध्ये २२ थान मोबाईल फेला पारी सम्बन्धित व्यक्तिलाई आज बुझाएको जनाएको छ ।

प्रहरीले फेला पारेको मोबाईल फोनहरु विभिन्न कम्पनीका १२ हजार रुपैयाँदेखि ५५ हजार रुपैयाँ सम्मका मूल्यका रहेका छन् ।

आज बुझाईएका २२ थान मोबाईल फोनहरुको बजार मूल्य ४ लाख ४० हजार रहेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले जनाएका छन् । आईटी शाखाका प्रहरी हवल्दार विवेक भुसालको सक्रियतामा यस अघि पनि प्रहरीले हराएका र चोरी भएका मोबाईलहरु फेला पार्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*