मकवानपुर प्रहरीद्वारा लागूऔषधसहित २ जना पक्राउ

हेटौडा न्युज
१२ चैत्र २०७७, बिहीबार १५:३३

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषधसहित २ जनालाई पक्राऊ गरेको छ । प्रहरीले हिजो साँझ हेटौंडा वडा नम्बर १५ स्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गत पिपल चौतारीबाट सवारी चेकजाँचको क्रममा लागूऔषधसहित हेटौंडा–४ का शिशिर राज जोशी र वडा नम्बर–८ का सुसान्त नेपालीलाई पक्राऊ गरेको जनाएको छ ।

बाराको पथलैया तर्फबाट हेटौडा आउँदै गरेको ना १६ प ८३२७ नं. को मोटरसाईकलको सिटमुनीबाट लागूऔषधमा प्रयोग हुने आनेरेक्स १२ बोतल फेला पारेको थियो । पक्राउ परेका उपर आवश्यक अनुसन्धान भईरहेको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*