ललितपुरमा बर्ड फ्लु देखिएपछि १५ सय पन्छी नष्ट

हेटौडा न्युज
१७ चैत्र २०७७, मंगलवार १५:१४

मकवानपुर । ललितपुरको नख्खुमा पालिएको पन्छीमा बर्ड फ्लु संक्रमण देखिएको छ । स्थानीय पशुपन्छी कृषकहरुले पालेको हाँस, कुखुरा तथा बट्टाईमा बर्ड फ्लु संक्रमण भएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको केन्द्रीय पशुपन्छी रोग अन्वेन्षण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको परीक्षणमा बर्ड फ्लु संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

बर्ड फ्लु संक्रमण पुष्टि भएपछि सो क्षेत्रका करीब १५ सय पन्छीहरु र अण्डा नष्ट समेत गरिएको छ । मन्त्रालयले संक्रमण देखिएको खोरसहित वरपरका स्थानमा निसंक्रमण गरिएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*