मकवानपुर प्रहरीद्वारा लागूऔषधसहित २ जना पक्राऊ
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषधसहित २ जनालाई पक्राऊ गरेको जनाएको छ । प्रहरी चौकी लेवटबाट खटिएको प्रहरी टोलीले हेटौंडा–३ तिनताप्के स्थित पूर्वपश्चिम लोकमार्ग सडक खण्डमा शंकास्पद रुपमा हिंडिरहेका २ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले सोही स्थानका बर्ष १८ का सुशिल बर्तौला र मोरङ बिराटनगर–४ का बर्ष २१ का रविन कार्की लाई लागूऔषधसहित पक्राऊ गरेको हो । प्रहरीका अनुसार उनीहरुको साथबाट लागूऔषधका रुपमा प्रयोग हुने नाईट्रोभेट ६० थान ट्याब्लेट फेला परेको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जनाएका छन् ।
पक्राऊ परेका उपर लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कार्वाही हुने बताईएको छ ।










