चितवनमा म्याजिक भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ जना घाइते
चितवन । भरतपुर महानगरपालिका–१९ रामपुरमा म्याजिक भ्यान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । भरतपुरबाट शारदानगरतर्फ जाँदै गरेको ना १ ज ६८५९ नम्बरको म्याजिक भ्यान अनिन्त्रित भएर सडक छेउको कल्भर्टको डिलमा ठोक्किएर पल्टिँदा दुईजना पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
उनीहरुको नाम र ठेगाना भने खुल्न नसकेको जनाइएको छ । दुर्घटनामा अन्दाजी ४५ वर्षीय र ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । दुर्घटनामा घाइते सातमध्ये पुरानो मेडिकल कलेजमा दुई, चितवन मेडिकल कलेजमा एक र भरतपुर सरकारी अस्पतालमा चारजनाको उपचार भइरहेको छ ।
घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।










