मिटरबक्सको तार मिलाउन खोज्दा दम्पतिकै मृत्यु
मकवानपुर । हेटौंडामा करेन्ट लागेर दम्पतिकै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा–९ शान्तिचोकका ३५ वर्षीय समिर पाख्रिन र उनकी श्रीमती ३० वर्षीया अन्सु पाख्रिनको करेन्ट लागेर ज्यान गएको हो ।
आज बिहान करीब ९ बजे पाख्रिन दम्पतिले आफ्नो घरमा रहेको बिजुलीको मिटर बक्समा झोलिएको तारलाई फलामको डन्डिले उठाएर मिलाउन खोज्दा करेन्ट लागेको जनाईएको छ ।










