हेटौंडामा २३ किलो गाँजासहित ३ जना पक्राऊ

हेटौडा न्युज
२ बैशाख २०७८, बिहीबार १७:२१
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले २३ किलो लागूऔषध गाँजासहित ३ जनालाई पक्राऊ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११ स्थित पूर्वपश्चिम राजमार्गा सडक खण्डमा सवारी चेकजाँचको क्रममा सो परिमाणको लागूऔषध गाँजा फेला पारेको जनाएको छ ।

प्रहरी टोलीले ना. १ ह ९०९९ नम्बरको अटोमा लुकाएर ल्याईएको लागूऔषध गाँजासहित त्यसमा सवार राक्सिराङ गाउँपालिका वडा नम्बर–१ की निर्मला तामाङ, मायाँ तामाङ र अटो चालक हेटौंडा–११ का चतुरमान मोक्तानलाई पक्राऊ गरेको छ ।

हिजो बैशाख १ गते पक्राऊ परेका उनीहरुलाई आज सार्वजनिक गरेको हो । पक्राऊ परेका तीनै जनालाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कार्वाही प्रकृया अघि बढाईएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जनाएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*