चट्याङले गाउँपालिका अध्यक्षको घर ध्वस्त

हेटौडा न्युज
३ बैशाख २०७८, शुक्रबार १२:५९
;

मकवानपुर । गएराति परेको चट्याङ्ले ओखलढुंगाको लिखु गाउँपालिका अध्यक्ष गोविन्द पौडेलको घर ध्वस्त भएको छ । चट्याङ्ले सो गाउँपालिका वडा नम्बर–८ का वडाअध्यक्ष विशाल पौडेलको समेत घर ध्वस्त भएको छ । मध्यराति १ बजे परेको चट्याङ्का कारण तीनवटा घर ध्वस्त भएको जनाईएको छ ।

सो वडाको टारकेराबारीस्थित गाउँपालिका अध्यक्षको घर र उनका भाइको घर चट्याङबाट क्षतिग्रस्त भएको हो । चट्याङ्ले क्षतिग्रस्त भएको गाउँपालिका अध्यक्षको घरमा मान्छे नबस्ने भएकाले मानवीय क्षति नभएको र वडाअध्यक्षको घरमा भने एकजनाको खुट्टा फ्याक्चर भएको बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*