हेटौंडामा कोरोना विरुद्ध सचेतना कार्यक्रम

हेटौडा न्युज
९ बैशाख २०७८, बिहीबार १९:०७
;

मकवानपुर । पछिल्लो समय कोरोना संक्रमण हुनेको संख्या वृद्धि भएसँगै यसबाट जोगिन विभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्न थालिएको छ । हेटौंडामा पनि सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रले हेटौडाको बुद्ध चोकमा आज सचेतना मूलक कार्यक्रम गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा बुद्ध चोक, राजमार्ग वरपर लगाएत आसपासको क्षेत्रमा कोरोना विरुद्ध अपनाइने सन्देश बजाउदै सामुदायिक सेवा केन्द्रका पदाधिकारी र प्रहरीले मास्क प्रयोग नगर्ने बस, ट्रक , साइकल, मोटरसाइकल, म्याजिक, अटो, मयुरी लगायतका सवारी साधनका यात्रु तथा पैदल यात्रीहरुलाई मास्क प्रयोग गर्न आग्रह गरिएको थियो भने करीब १ हजार जनालाई निःशुल्क मास्क वितरण पनि गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालयले अनिवार्य मास्क,स्वास्थ्य मापदण्ड अपनाउन अपिल समेत गरिरहेको छ । सचेतनामूलक कार्यक्रममा सचेतनामूलक कार्यक्रममा केन्द्रका अध्यक्ष राम बिष्ट, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सोमेन्द्रसिंह राठौर, वडा प्रहरीका प्रहरी निरीक्षक कृष्णप्रसाद बिष्ट, इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सोरप छिरिगं तामाङ, केन्द्रका कोषाध्यक्ष रामप्रसाद कोइराला, अच्युत मिश्र, नवराज कोइराला लगाएतको सहभागिता रहेको थियो । सामुदायिक केन्द्रले विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*