हेटौंडामा नाईट्रोभेटसहित २ जना पक्राउ
मकवानपुर । जिल्ला प्रहरी कार्यालय, मकवानपुरको टोलीले लागूऔषधका रुपमा प्रयोग हुने नाईट्रोभेटसहित २ जनालाई पक्राऊ गरेको छ ।
प्रहरीले हेटौंडा बसपार्कको सडकमा हिडिरहेका बारा गढिमाई नगरपालिका–१५ बस्ने बर्ष १८ को सोमबहादुर तामाङ र नवलपरासी बन्जरीया–१ बस्ने बर्ष २३ को सन्देश तामाङलाई चेकजाँच गर्दा नाईट्रोभेट ४ सय ८० ट्याब्लेट फेला पारेको जनाएको छ । पक्राऊ परेका उपर आवश्यक अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएको छ ।










