मकवानपुरमा साढे २ सय बेडको आईशोलेसन तैयारी अबस्थामा

हेटौडा न्युज
१४ बैशाख २०७८, मंगलवार १६:०३
;

मकवानपुर । कोरोना (कोभिड–१९) को नयाँ भेरियन्टको दोश्रो चरणको संक्रमण बढी रहेकाले त्यसको रोकथामका लागि मकवानपुरमा अक्सिजन सहितको आइसोलेसन वार्डको तैयारी शुरु भएको दाबी गरिएको छ ।

जिल्लाको १० स्थानीय तह मध्ये भीमफेदी बाहेक सबैमा सो तैयारी गरिएको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । खुलालका अनुसार स्थान अभावका कारण भीमफेदीमा आईसोलेशन बनाउन नसकिएको र १ वटा स्थानीय तहमा यसैसाताबाट सञ्चालनमा आउने बताएका छन् ।

हेटौँडा उपमहानगरपालिकाले १ सय २० बेडको आइसोलेशन, बागमती गाउँपालिकाले १०, बकैया गाउँपालिकाले २० बेड, मकवानपुरगढी गाउँपालिकाले १५, इन्द्रसरोबर गाउँपालिकाले १२, थाहा नगरपालिकाले २० र थप २० गरि ४०, कैलाश गाउँपालिकाले १० तथा अवको एक हप्तामा प्रयोग हुने गरी राक्सीराङ गाउँपालिकाले २० बेडको आइसोलेशन तैयारी अवस्थामा राखेको बताईएको छ ।

जिल्लामा बिरामीलाई अक्सिजनको कमी हुन नदिन त्यसको प्रबन्धमा आफूहरु लागिरहेको र संक्रमण तीब्र गतिमा भईहालेको खण्डमा हेटौंडा अस्पताललाई कोभिड अस्पतालको रुपमा विकास गरिने समेत बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*