हेटौंडा–४ का १३ जनासहित आज मात्रै मकवानपुरमा ३८ जनामा कोरोना देखियो

मकवानपुरको संक्रमण दर ४७ प्रतिशत पुग्यो
हेटौडा न्युज
१४ बैशाख २०७८, मंगलवार १६:५८
;

मकवानपुर । जिल्लामा आज (कोभिड१९) कोरोना संक्रमित ३८ जना थपिएका छन् । जनस्वास्थ्य निरीक्षक भोला चौलागाईका अनुसार आज ८१ जनाको स्वाब संकलन गरिएका मध्ये पिसिआर परीक्षण गर्दा १५ जना महिला र २३ जना पुरुषमा कोरोना संक्रमण देखिएकोे जानकारी दिएका छन् । संक्रमित हुनेहरुमा हेटौंडा–४ मा सबै भन्दा बढी १३ जनामा संक्रमण देखिएको छ ।

चौलागाईका अनुसार मकवानपुरमा आजको परीक्षण रिपोर्टको आधारमा ४७ प्रतिशत संक्रमण दर देखिएको बताएका छन् ।

आजको रिपोर्ट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*