प्रहरी चेकिङबाट भागेको सुमोबाट ३४ किलो गाँजा बरामद

हेटौडा न्युज
१६ बैशाख २०७८, बिहीबार १५:१५
;

मकवानपुर । जिल्ला प्रहरी कार्यालय, मकवानपुरको प्रहरी टोलीले लागूऔषध गाँजासहित १ जनालाई पक्राऊ गरेको छ । मकवानपुर प्रहरीले भैंसेस्थित चेक प्वाईन्टमा सवारी चेकजाँच गर्ने क्रममा ना.१ ज ४७३३ नम्बरको सुमो चेकजाँच गर्ने स्थानमा नरोकी भागेपछि प्रहरीले पिछा गरेको थियो ।

प्रहरी टोलीले सो सुमोबाट ६ वटा पोकामा रहेको लागूऔषध गाँजा ३४ किलो बरामद गरेको जनाएको छ । प्रहरी सहायक निरीक्षक प्रभु राउत कुर्मीको कमाण्डमा खटिएको प्रहरीले भैसे चेक प्वाईन्टबाट भागेको सुमो भीमफेदी–२ स्थित राप्ति बगरमा प्रहरीले फेला पारेको थियो ।

लागूऔषध गाँजा फेला पारेपछि प्रहरीले सुमो चालक जिल्ला पर्सा बिन्दावासिनी गाउँपालिका वडा नम्बर–३ बस्ने वर्ष २९ का रविन्द्र उपाध्यायलाई पक्राऊ गरेको छ । पक्राऊ परेका चालक उपाध्याय उपर लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कावाही हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश अधिकारीले जनाएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*