हेटौंडामा दर्ता बिना सञ्चालित औषधि पसल सिल
मकवानपुर । बजार अनुगमनको संयुक्त टोलीले आज हेटौंडा–४ स्थित शीतलमहल चौकमा रहेको आकृश फार्मेसीमा सिल गरेको छ । औषधि पसल सञ्चालनका लागि आवश्यष्क मापदण्ड पूरा नगरेको, दर्ता अनुमति बिना ल्याब सञ्चालन गरेको, फार्मेसी अध्ययन नगरेको व्यक्तिबाट औषधि विक्री गरेको पाईए पछि सिल गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जगन्नाथ दहालले बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, स्वास्थ्य सेवा विभाग, उद्योग वाणिज्य संघसहितको संयुक्त अनुगमन टोलीले आज हेटौंडा बजारका ८ वटा पसलहरुमा अनुगमन गरेको उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले जनाएका छन् । अनुगमन टोलीले आज म्याद गुज्रिएको पेय पदार्थ पनि फेला पारी नष्ट गरेको थियो ।











