हेटौंडामा २० शैयाको कोरोना वार्ड आजबाट शुरु

हेटौडा न्युज
१७ बैशाख २०७८, शुक्रबार १४:४७
;

मकवानपुर । हेटौंडा जिल्ला अस्पतालमा आजबाट २० शैयाको कोरोना वार्ड शुरु गरिएको छ । मेडिकल अक्सिजन, आईसियूको सुविधासहितको वार्ड शुरु गरिएको अस्पतालका डाक्टर सागर काफ्लेले जनाएका छन् ।

आजबाट शुरु गरिएको कोरोना वार्डको मुख्यमन्त्री डोरमणी पौडेलले निरीक्षण गरेका थिए । जिल्लामा सकृय कोरोना संक्रमितको संख्या आजसम्ममा ३ सय ४९ पुगिसकेको जनाईएको छ ।

दैनिक संक्रमितको संख्यामा वृद्धि भएपछि जिल्लाका १० वटै स्थानीय तहमा गरी २ सय ४७ बेडको आईसोलेसन वार्ड निर्माण भएको जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*