मकवानपुरमा आज १ सय ७१ जनामा कोरोना
मकवानपुर । मकवानपुरमा आज २ सय ६८ जनाको कोरोना संक्रमण परीक्षण गर्दा १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हेटौंडा उपमहानगरपालिकाका जनस्वाथ्य निरीक्षक भोला चौलागाईका अनुसार कोरोना पुष्टि भएकाहरुमा ६६ जना महिला र १ सय ५ जना पुरुष रहेका छन् ।
संक्रमित हुनेमा हेटौँडा उपमहानगरका विभिन्न वडासहित मकवानपुरगढी गाउँपालिका व्यक्तिहरु रहेका छन् । आज परीक्षण गरेका मध्ये ९७ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।
आजको परीक्षण अनुसार सबैभन्दा बढी २५ जना संक्रमित हेटौंडा वडा नम्बर–४ का रहेका छन् भने २४ जना हेटौंडा वडा नम्बर– २ का रहेका छन् ।
आजको परीक्षण रिपोर्टः











