भोलिबाट मकवानपुरमा उपभोग्य पसल ३ घण्टामात्रै खुल्ने
मकवानपुर । हेटौंडा बजार क्षेत्रका दैनिक अत्यावश्यक पसलहरु खुल्ने समय स्थानीय प्रशासनले घटाएको छ । कोरोना संक्रमणको मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज एक सूचना जारी गर्दै जिल्लामा अत्यावश्यक उपभोग्य वस्तु पसल विहान ५ बजेबाट ८ बजेसम्म ३ घण्टा मात्रै खुल्न दिने निर्णय गरेको छ ।
आज जारी गरेको सूचनामा खाद्यान्न, पानी, दूध, माछामासु, अण्डा, फलफूल तथा तरकारी बिक्री वितरण गर्ने पसल बिहान ५ देखि ८ बजेसम्म खुल्ला रहने जनाइएको छ । यसअघि यी पसलहरु विहान ५ बजेबाट ९ बजेसम्म दैनिक ४ घण्टा खुल्ने गरेका थिए ।
जिल्ला प्रशासनको सूचनाः











