भरतपुर अस्पताललाई एक्सपर्ट एजुकेशनद्वारा २० थान अक्सिजन सिलिण्डर प्रदान

हेटौडा न्युज
३ जेष्ठ २०७८, सोमबार १०:३२
;

चितवन । भरतपुर स्थित एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले भरतपुर अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरेको छ । अस्पतालमै पुगेर एक्सपर्टले करिब ४ लाख रुपैयाँ बराबरको २० थान अक्सिजनसहितको ठूलो सिलिण्डर सहयोग गरेको हो । एक्सपर्ट चितवनका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी र लेखा प्रमुख किरण पौडेलले अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारी र निमित्त प्रमुख सुपरिटेण्डेन्ट डा.जगन्नाथ तिवारीलाई सिलिण्डर हस्तान्तरण गरेका थिए । अहिलेको स्वास्थ्यको विषम परिस्थितिमा सामाजिक उत्तरदायित्व स्वरुप सहयोग गरिएको प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले बताएका छन् ।

हस्तान्तरण गरिएको सिलिण्डरमा पुनः एक पटक अक्सिजन रिफिलको खर्च पनि एक्सपर्टले नै व्यहोर्ने बतईएको छ । हस्तान्तरण कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेललगायतको उपस्थिति रहेको थियो ।

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले नेपालका विभिन्न स्थानमा रहेका आफ्ना शाखाहरुबाट अष्ट्रेलिया लगायत वैदेशिक शिक्षाका लागि जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श प्रदान गर्दै र्आको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*