कोभिड रेस्पोन्स टिमलाई व्यवसायीको नगद सहयोग
मकवानपुर । हेटौंडा वडा नम्बर–६ मा गठन भएको सामुदायिक कोभिड रेस्पोन्स टिमलाई चुच्चेखोलाका व्यवसायी उत्तम श्रेष्ठले नगद सहयोग गरेका छन् । श्रेष्ठले रेस्पोन्स टिमलाई २० हजार रूपैयाँ नगद सहयोग गरेका हुन् । कोरोना महामारीबाट प्रभावितको सहयोगका लागि समुदायस्तरमा भईरहेको कामलाई सघाऊ पुर्याउन सहयोग गरिएको हो ।
व्यवसायी श्रोष्ठले रेस्पोन्स टिमका सहसंयोजक भरत सापकोटा, उपसमिति सदस्य पवन दुलाललाई संयुक्त रुपमा नगद रकम हस्तान्तरण गरेका हुन् । कोरोनाविरूद्धको अभियान अन्तर्गत नियन्त्रण, परामर्श, उपचार, राहत तथा उद्धारको काम गरिरहेको टिमलाई यसअघि पुतलीबजारका शिव दुलाल र सुशान्त दुलालले १० हजार रूपैयाँ सहयोग गरेका थिए । महामारीका बेला रेस्पोन्स टिमले समाजमा गरेको कार्य प्रति स्थानीय बासिन्दाले प्रशंसा गरेका छन् ।










