महोत्तरीमा एकै वडामा १५ दिनमा १३ जनाको मृत्यु

हेटौडा न्युज
७ जेष्ठ २०७८, शुक्रबार १४:५१
;

मकवानपुर । महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका वडा नम्बर–४ मा रहेको एउटै बस्तीमा १५ दिनभित्र १३ जनाको मृत्यु भएको छ । मृतकमध्ये एक ५० वर्षीया एक महिलाबाहेक अन्य मृतकको कोरोना परीक्षण नभएको जनाईएको छ । करीब ५० बषै हाराहारीका व्यक्तिहरुको मृत्यु भएपछि सो बस्तीमा त्रास फैलिएको छ । सामान्य रुघा लाग्ने, ज्वरो र पखाला लाग्ने लक्षणले अधिकांशको मृत्यु भएको जनाईएको छ ।

सो बस्तीमा अहिले पनि २ सयभन्दा बढी बिरामी रहेको र सबैको लक्षण कोरोनासँग मिल्दोजुल्दो रहेको बताईएको छ । हाल सो बस्तीमा परीक्षण र उपचारका लागि स्वास्थ्यकर्मीको व्यवस्था मिलाईएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईको भनाई रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*