हेटौंडामा खैरो हेरोईनसहित २ जना पक्राऊ
मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी टोलीले खैरो हेरोईनसहित २ जनालाई पक्राऊ गरेको जनाएको छ ।
हिजो दिउँसो प्रहरी चौकी भुटनदेवीबाट खटिएको प्रहरी टोलीले हेटौडा– १० राममन्दिर मोड नजिकैबाट हेटौडा–१ का ३१ बर्षका हेमजंग बानियाँ र सोही स्थानका बर्ष ३४ का सुरेश परियारलाई १४ ग्राम खैरो हेरोईन सहित पक्राऊ गरिएको जनाएको छ ।
राममन्दिर मोडमा लागूपदार्थको किनबेच भईरहेको सूचना पाएपछि प्रहरी टोली सो स्थानमा पुगेको जनाएको छ । प्रहरीले खैरो हेरोईनसहित नगद ३ लाख ६८ हजार २ सय ५० रुपैयासमेत फेला पारेको जनाएको छ । लागूऔषध सहित नियन्त्रणमा उनीहरु उपर थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जनाएका छन् ।










