आज पल्पसामा ४७ जनाले गरे रक्तदान

हेटौडा न्युज
३ असार २०७८, बिहीबार १६:१३
;

मकवानपुर । कोभिड हेल्प डेस्क मकवानपुरको आयोजनामा भएको रक्तदान कार्यक्रममा ४७ जनाले रक्तदान गरेका छन् । हेल्प डेस्कले पल्पसा हलमा आईसोलेसन सेन्टर समेत सञ्चालन गरिरहेको छ ।

पछिल्लो समय जिल्लामा कोरोनाका केही बिरामीहरुलाई समेत रगत दिनुपर्ने भएकोले त्यस कार्यलाई सघाऊ पुर्याउन रक्तदान कार्यक्रमको आयोजना गरिएको पल्पसा आईसोलेसन सेन्टरका सचिवालय सदस्य सरोजकुमार खनालले जानकारी दिएका छन् ।

नेपाल रेडक्रस सोसाईटी, मकवानपुरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको हो । जिल्ला स्थित विभिन्न संघसंस्थाको सहकार्यमा आईसोलेसन सेन्टर सञ्चालनमा रहेको छ ।

केही तस्वीरहरुः

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*