बागमती प्रदेशमा हाल सम्म ३ लाख भन्दा बढीमा कोरोना संङक्रमण पुष्टि ३ हजार ८ सय २ जनाको मृत्यु
मकवानपुर । बागमती प्रदेशमा हाल सम्म ३ लाख ३६ हजार २ सय २९ जनामा कोरोना भाईरस संङक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टाको विवरण अनुसार हाल सम्म बागमती प्रदेशमा ३ लाख ३६ हजार २ सय २९ जनामा कोरोना भाईरस संङक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेशभरी पिसिआर र एन्टिजेन परिक्षण विधिबाट हालसम्म १९ लाख ८९ हजार ८ सय ३३ जनाको कोरोना परिक्षण गरिएको मन्त्रालयका कोभिड प्रवक्ता डाक्टर परुषोत्तमराज सेढाईले जानकारी दिए ।
प्रदेशमा हाल १० हजार ५ सय ६४ जना सक्रिय संङक्रमित रहेका छन् । भने ३ लाख ३२ हजार ४ सय १४ जना संङक्रमण मुक्त भएका छन् ।
यस्तै कोरोनाका कारण प्रदेशमा ३ हजार ८ सय २ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।










