हेटौंडा उपमहानगरको नगरसभामा सञ्चारकर्मी तथा स्वास्थकर्मी सम्मानित
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले मकवानपुरका सञ्चारकर्मी तथा स्वास्थ्यकर्मीलाई सम्मान गरेको छ ।
बिहिबार नवौं नगरसभाका अवसरमा नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष कौशल पाण्डेलाई अग्रज पत्रकारबाट नगद १५ हजार रुपैयाँ सहित सम्मानित गरिएको हो ।
राष्ट्रिय समाचार समितिका रिपेश दाहाल , ग्यालेक्सी फोरके टेलिभिजनका देबराज पन्त, हेटौंडा एफ एमका जिवराज बख्रेल, थाहा खवर डटकमकी श्रृजना नेपाल र रेडियो मकवानपुरकी सम्झना रिजाललाई बिकास पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । सञ्चारकर्मी सबैलाई जनही १५ हजार रुपैयाँका दरले पुरस्कृत गरिएको हो ।
यस्तै कोरोना महामारीको समयमा स्वास्थ्य क्षेत्रमा खटिएका हेटौंडा अस्पतालका डाक्टर सागर काफ्लेलाई नगद २५ हजार र हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाई नगद २० हजार सहित सम्मान गरिएको हो ।
सञ्चारकर्मी तथा स्वास्थ्यकर्मीलाई उपमहानगरपालिकाका मेयर हरि बहादुर महत, उपमेयर मिना कुमारी लामा, प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईले दोसल्ला ओढाएर नगद सहित सम्मान पत्र प्रदान गरेका हुन् ।










